Mon. Mar 31st, 2025

तनहुँ-१ बाट डा स्वर्णिम वाग्ले भारी मतान्तरसहित निर्वाचित

धादिङ– आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। 

केही समय अगाडि मात्रै कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका वाग्ले भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। 

कांग्रेसको गढका रुपमा रहेको यो निर्वाचन क्षेत्रमा स्वर्णीमले ऐतिहासिक जित निकालेका हुन्। वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गरेका छन्। 

सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवारी दिएका कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ८ हजार ४८८ मत प्राप्त गरेका छन्।

प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत तनहुँ १ बाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले प्रतिस्पर्धी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई जित हासिल गरेकोमा बधाई दिएका छन्। 

आफूले मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन नसकेको, तर वाग्लेले विश्वास दिलाउन सकेर जित हासिल गरेको भट्टराईको भनाइ छ। 

About The Author

अन्य समाचारहरु: