Wed. Nov 27th, 2024

१६ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउँदै अर्थमन्त्री

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १६ खर्ब रुपैयाँ बराबरको मात्र आउने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार पार्टीको संसदीय दलको कार्यालयमा बजेट सम्बन्धी ब्रिफिङ गर्दै यस्तो जानकारी गराएका हुन् । 

सरकारको स्रोत खुम्चिएको अवस्थामा खर्चको दायरा समेत घटाउनुपर्ने बाध्यताकाबीच आगामी आर्थिक वर्षको बजेट १६ खर्बको सीमा झार्न लागिएको डा.महतको भनाइ छ । 

उसो त आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको निश्चित सीमाभित्र रहेर बजेट ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन गरिसकेको छ । यो चालू आर्थिक वर्षको बजेटभन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कम हो ।

About The Author

अन्य समाचारहरु: