हेटौंडा– आफ्ना पार्टीका कार्यकर्ता र आसेपासे खुशी पार्न १० अर्बभन्दा धेरै बजेटका ४४ सय ७३ टुक्रे योजना कार्यान्वयनका लागि बागमती सरकारले अग्रसरता देखाएको छ ।
सकारले चालू आर्थिक वर्ष २०७९/८० मा कार्यकर्ता लक्षित गरेर वडा कार्यालयले जस्तै गरी ४४ सय ७३ टुक्रे ५ लाखदेखि २० लाखसम्मका योजना बाँडेर पैसा खर्च गर्ने तयारी गरिएको हो ।
प्रदेश मन्त्रिपरिषद् बैठकबाट नै यी योजनाको कार्यविधि बनाएर स्वीकृत गरिसकेको र जिल्लास्थित मातहतका कार्यालयबाट कार्यान्वयन गर्न लागिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए । ११ वटै मन्त्रालयअन्तर्गत पर्ने गरी सरकारले ती ४४ सय ७३ योजना बनाएको उनको भनाई छ ।
सरकारले कार्यकर्तालाई खुशी बनाउनको लागि ठूला योजनालाई टुक्रा बनाएर बाँढ्ने काम भएको देखिएको छ ।