Fri. Jan 31st, 2025

अनुदानमा पाडी पाउँदा गजुरीका किसानमा खुसी

धादिङ– धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ बाझगराका किसान पशुपालक किसान खुसी भएका छन् । न्यन आयस्तरले गर्दा लगानी गर्न समस्यामा परिरहेको बेला ८५ प्रतिशत अनुदानमा भैंसीको पाडी पाउँदा उनीहरु खुसी भएका हुन् ।

कृषकको आयआर्जनमा वृद्धि गर्ने र बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यसहित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप)ले भैंसीको पाडी किन्न ८५ प्रतिशत उपलब्ध गराएको हो । बाझगरा पशुपालन कृषक समूहमा आवद्ध २३ जनालाई अनुदानमा पाडी उपलब्ध गराइएको फ्यानसेपका पशु सेवा प्राबिधिक विष्णु कुमार श्रेष्ठले बताए ।

पुरक अनुदान मार्फत उन्नत मुर्रा जातको पाडी वितरण गरिएको श्रेष्ठले बताए । भैसी पालन गरी दुध उत्पादन बढाएर ग्रामीण किसानको आर्थिक स्थर उकास्ने र बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले किसानलाई अनुदान उपलब्ध गराइएको उनको भनाई छ ।

किसानलाई पाडी वितरण गर्न गाउँमै पुगेका गजुरी–२ का वडा अध्यक्ष द्रोण कँडेलले दीर्घकालिन सोचाइ अनुसार दुध उत्पादनमा वृद्धि हुने र कृषकको आयआर्जनमा वृद्धि हुनेमा आसावादी रहेकोे बताए । किसानले उत्पादन गरेको दुध विक्रिको लागि गाउँमै दुग्ध संकलन केन्द्र स्थापना गरिदिएको छ ।

About The Author

अन्य समाचारहरु: