कञ्चनपुर – एमाले नेता तथा स्वास्थ्यमन्त्री खगराज अधिकारीले घरमा चर्पी नबनाउने र रक्सी खाएर श्रीमती कुट्ने ब्यक्ति एमालेको सदस्य हुन नसक्ने वताएका छन् ।
कञ्चनपुर जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न पुगेको मन्त्री अधिकारीले घरमा चर्पी नहुने र रक्सी खाएर श्रीमती कुट्ने ब्यक्ति एमालेको सदस्य हुन आयोग्य हुने वताएका हुन् । ‘अरुको कुरा म भन्न सक्दिनँ, म एमालेको कार्यकर्ता भएकाले यत्ति भन्न सक्छु, जसको घरमा चर्पी छैन, जसले घरमा करेसावारी बनाएको छैन र रक्सी खाएर राती श्रीमतीलाई कुट्छ त्यो एमाले हुन सक्दैन’ अधिकारीले भने ।
राजनीतिक दलका नेता कार्यकर्ताले संस्कार सिकाउनु पर्ने वताउँदै उनले एमालेले झैं अन्य दलका कार्यकर्ता पनि यस विषयमा गम्भीर हुनु पर्ने वताए ।