Wed. Nov 27th, 2024

धादिङमा साढे तीन अर्ब पुग्यो बेरुजु, यो वर्ष मात्रै थपियो ८० करोड !

धादिङ– धादिङ जिल्लामा यो वर्ष ८० करोड बेरुजु थपिएको छ । स्थानीय तहको स्थापना भए पश्चात महालेखा परिक्षकको कार्यालयले गरेको पाँचौ लेखा परिक्षण प्रतिवेदनमा यो वर्ष ७९ करोड ९७ लाख ७९ हजार बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७७।०७८ सम्म दुई अर्ब ६३ करोड ९१ लाख ५२ हजार बेजुरु थियो । यो वर्षको थपिएर धादिङ जिल्लाको बेरुजु तीन अर्ब ४३ करोड ८९ लाख ३१ हजार पुगेको छ । महालेखा परिक्षकको कार्यालयले २०७९ चैत्र ३० गते राष्ट्रपति समक्ष ६०औं लेखा परिक्षको प्रतिवेदन बुझाएको थियो ।

जिल्लाका १३ स्थानीय तह मध्य आर्थिक वर्ष २०७८।०७९ को लेखा परिक्षकको प्रतिवेदन अनुसार थाक्रे गाँउपालिकामा १५ करोड आठ लाख ३८ हजार बेरुजु थप भएको देखिन्छ । यो समेत गरी थाक्रेमा २८ करोड ७७ लाख ८९ हजार बेरुजु पुगेको छ ।  

नीलकण्ठ नगरपालिकामा १० करोड ९० लाख १६ हजार बेरुजु थप भई ९७ करोड २१ लाख ८७ हजार बेरुजु पुगेको छ । धुनीवेसी नगरपालिकामा पाँच करोड ६४ लाख ४० हजार बेरुजु थप भई ३३ करोड करोड १८ लाख ५२ हजार बेरुजु पुगेको छ ।

प्रतिवेदन अनुसार गल्छी गाँउपालिकामा सात करोड ४७ लाख १७ हजार, गजुरी गाँउपालिकामा सात करोड २९ लाख ४५ हजार, बेनीघाट रोराङ गाँउपालिकामा दुई करोड ४१ लाख ५६ हजार, सिद्धलेक गाँउपालिकामा एक करोड ९६ लाख ३५ हजार बेरुजु थप भएको देखिन्छ ।

त्यस्तै ज्वालामुखी गाँउपालिकामा पाँच करोड ५६ लाख ४३ हजार, त्रिपुरासुन्दरी गाँउपालिकामा सात करोड ५१ लाख २४ हजार, गंगाजमूना गाँउपालिकामा छ करोड ८३ लाख २२ हजार बेरुजु थपिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली गाँउपालिकामा दुई करोड २८  लाख ७३ हजार, खनियाँवास गाँउपालिकामा पाँच करोड ५६ लाख ४३ हजार, नेत्रावती दवजोङ गाँउपालिकामा एक करोड १२ लाख ४४ हजार बेरुजु थप भएको देखिन्छ ।

सेद्धान्तिक र लगती गरी दुई किसिमको बेरुजु हुन्छ । लगती बेरुजुमा असुली गर्नु पर्ने बेरुजु, नियमित गर्नु पर्ने बेरुजु र पेश्की बाँकी हुन्छ । नियमित गर्नु पर्ने बेरुजुमा अनियमित भएको, प्रमाणका कागजात नभएको र शोधभर्ना नलिएको पर्छ । पेश्की बाँकीमा कर्मचारी पेश्की र अन्य पेश्की पर्छ । बेरुजुको किसिम हेर्दा धेरै जसो बेरुजु नियमित गर्नु पर्नेमा परेको पाइन्छ ।

About The Author

अन्य समाचारहरु: