Wed. Nov 27th, 2024

गजुरी–७ कुपिण्डेका किसानलाई फ्यानसेपद्वारा अनुदानमा पाडी वितरण

धादिङ– धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ कुपिण्डेका किसानलाई अनुदानमा भैसीको पाडी वितरण गरिएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप)ले किसानहरुलाई पाडी किन्न ८५ प्रतिशत अनुदान उपलब्ध गराएको हो । फ्यानसेप परियोजनाले गठन गरेको चण्डेश्वरी पशुपालक कृषक समूहमा आवद्ध २४ घरधुरीलाई पाढी उपलब्ध गराइएको परियोेजनाका पशुसेवा प्राविधिक विष्णुकुमार श्रेष्ठले बताए ।

पुरक अनुदान मार्फत ६ लाख रुपैंया बराबरमा उन्नत मुर्रा जातको पाडी वितरण गरिएको श्रेष्ठले बताए । ललितपुरको भैसी प्रवद्र्धन कार्यक्रम चापागाउँबाट किसानले आफै पाडी किनेर ल्याएको र त्यसमध्य ८५ प्रतिशत रकम फ्यानसेपले भुक्तानी दिएको पनि उनले जानकारी दिए ।

भैसी पालन गरी दुध उत्पादन बढाएर ग्रामीण किसानको आर्थिक स्थर उकास्ने र बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले किसानलाई अनुदान उपलब्ध गराइएको हो । कृषि र पशु क्षेत्रको बजेट फ्यानसेप परियोजनाले गाउँपालिकालाई सहयोग गरिरहेको र यस्ता किसिमको सहयोगले किसानको जीवनस्तर उकास्न टेवा पुगेको गजुरी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष बद्री प्रसाद जमरकट्टेलले बताए ।

पाडी किन्न अनुदान पाएपछि किसान खुसी भएका छन् । किसानले एक वर्षदेखि १८ महिनासम्ममा बाली लाग्ने उन्नत जातको पाडी ल्याएका छन् । सरदर दुई वर्ष उमेरको पाडी ल्याएको कृषक समूहकी कोषाध्यक्ष पार्वती पण्डितले बताइन् ।

किसानले उत्पादन गरेको दुध विक्रिको लागि गाउँमै दुग्ध संकलन केन्द्र स्थापना गरिदिएको छ ।

About The Author

अन्य समाचारहरु: