काठमाण्डौँ – बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।
बिहीवार दिउँसो १:०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १ः०१ बजे बस्नेछ ।