गोरखाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बूढीगण्डकी जलविद्युत आयोजना शिलान्यास गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बजगाईले वैशाखमै बूढीगण्डकी जलविद्युत आयोजना शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
‘बूढीगण्डकी आयोजना वैशाखमै शिलान्यास गर्न प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउँछु, चुनावका बेला हामीले प्रतिबद्धता गरेअनुसार बूढीगण्डकी आयोजना अघि बढाऔं’, उनले भनेका छन् ।
उनले बूढीगण्डकी आयोजनाको २ अर्ब रुपैयाँ नारायणी तटबन्धलगायतमा रकमान्तर गरिएको भन्दै उक्त रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत गरेका छन्।