काठमाडौ- गृह मन्त्रालयले निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्न पत्राचार गरेको छ।
बुधबार ७७ वटै जिल्लामा आवश्यक कारबाही गर्नु भन्दै पत्राचार गरेको गृह मन्त्रालयले जनाएको छ । विशेषगरी लामो दूरीमा जाँदा निजी सवारी साधनहरूले भाडा लिएर चलाउने गरेको भन्दै व्यवसायीहरूले गुनासो गरेका थिए।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले मन्त्रालय पुगेर एक ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझाएपछि मन्त्रालयले बुधबार पत्राचार गरेको हो।