काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी शर्मा ओली सुध्रिए एमालेसंग मिलेर जान सकिने बताएका छन् ।
काठमाडौंमा आयोजित सम्पादकहरूसँग भेटघाटमा आफूहरू सबैलाई समाप्त पारेर जानुपर्छ भन्ने पक्षमा नरहेको उनले बताए ।
‘हामीले पनि यो कम्युनिष्ट आन्दोलनलाई विगतमा पनि नयाँ ढंगले अगाडि बढाएका हौं । अहिले पनि हामी त्यसमा अडिक छौं’, ओलीलाई लक्षित गर्दै नेपालले भने- ‘कसैमा सद्बुद्धि आउँछ भने, मति सप्रिन्छ भने, मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् भने खुसीकै कुरा हो ।’
विचार, नीति, दृष्टिकोण र भावनामा मिलेर एकैठाउँमा बसेर काम गर्न समस्या नहुने उनको भनाइ छ ।