Sat. Mar 15th, 2025

सिक्किमको नाथुलामा हिमपहिरो: तीन नेपालीको मृत्यु

काठमाडौं– सिक्किमको नाथुलामा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुने नेपालीहरूमा दुई जना चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् भने रुपन्देहीका मुना शाह श्रेष्ठको हिमपहिरोमा मृत्यु भएको भारतीय सेनाले जनाएकाे छ । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए ।

अन्य उत्तर प्रदेश, पश्चिम बंगाल र कोलकत्ताका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्तोक नाथुला सडकमा मंगलवार दिउँसो हिमपहिरोमा परेर दर्जनौँ घाइते भएको बताइएको छ ।त्यहाँबाट कम्तीमा २० जनालाई जीवितै उद्धार गरिएको सेनाले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: