काठमाडौं- वैदेशिक रोजगार विभागले धरौटी बापतको तीन अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रुपमा बैंकको मुद्दती खातामा पुनः जम्मा गर्ने भएको छ ।
यसअघि विभिन्न वाणिज्य बैंकहरुको मुद्दती खातामा राखेको रकम यही चैत ३० गते परिपक्व हुदैँ गर्दा विभागले फेरी निक्षेपको रुपमा बैंकमा जम्मा गर्न लागेको हो ।
मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गका इच्छुक वाणिज्य बैंकहरुलाई आफूले लिन चाहेको रकम तथा उचित ब्याजदरसहित प्रस्ताव पेश गर्न भनेको छ ।