Wed. Nov 27th, 2024

राजश्व छलेर ल्याइदै गरेको सामान सहितको ट्रक नियन्त्रण

धादिङ– राजश्व छली गरेर भारतबाट काठमाडौ लैजादै गरेको खुद्रा सामान सहितको ट्रक धादिङको जोगिमाराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट ल्याईएका मोटर पार्टस, मोविल, पापड लगायतका खुद्रा सामानहरुको बिलभर्पाई संकास्पद भेटिएकोले नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको सामान सहितको ट्रक राजश्व अनुसन्धान विभाग पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । लोकल प्रोडक्टस हो भनी भन्सार छली गरी ल्याईएका सामानहरु ढुवानी भईरहेको भन्ने सूचनाको आधारमा सोमबार प्रहरी चौकी जोगिमाराले नियन्त्रणमा लिएको र मंगलबार विभागमा पठाइएको जैसवारले बताए ।

अनुमानित २५ लाख ३२ हजार आठ सय ११ रुपैयाँ  बराबरको खुद्रा सामान सहित ना ३ ख १६२८ नम्बरको ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीय दुर्गा कुमार बिसुन्के समेतलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: