Wed. Nov 27th, 2024

रुविभ्यालीमा भव्य जनसभा गर्दै एमाले, केपी ओली पनि आउने !

धादिङ– नेकपा एमाले धादिङको पर्यटकीय क्षेत्र रुविभ्यालीमा भव्य कार्यक्रम गर्ने भएको छ ।

जिल्लाको पर्यटकीय स्थलको प्रवर्द्धन र विकासमा समेत टेवा पुर्‍याउने उद्देश्यले बृहत सांस्कृतिक कार्यक्रमसहित जनसभा आयोजना गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले बताएका छन् । एमालेले धादिङसहित देशैभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको त्रिपाठीले जानकारी दिए ।

एमाले रुवीभ्याली गाउँपालिका कमिटीले यहि चैत २६ गते सेर्तुङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन् ।

सभालाई सम्बोधन गरेपछि एमाले केन्द्रिय नेताहरुसहितको टोलीली रुवीभ्यालीको पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम छ । रुवीभ्यालीको मनमोहक प्राकृतिक दृश्य, जडिबुटी, बहुमुल्य खनिज, दक्षिण एसियाकै उत्कृष्ट सुटिङ स्पट लगाएतका स्थलहरु रहेकाले पर्यटन प्रवद्धनमा ओलिको भ्रमण फलदायी रहने एमाले धादिङकि सहसचिव राधिका सापकोटाले बताइन् ।

पूर्वप्रधानमन्त्री केपी ओली रुविभ्याली आउने भएपछि नेपाली कांग्रेस, माओवादी लगायत अन्य राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पनि चासोका साथ हेरेका छन् ।

रुवीभ्यालीमा विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी पाइन्छ । रसुवा, गोरखा चीन तिब्बतसँग जोडिएको पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको रुवीभ्याली गाउँपालिकामा मनोरंम हिमदृश्य, हिमालय पर्वतबाट उत्पति भई अविरल बग्ने आंखु खोलाको सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माने डाँडा, नाग पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थलको रुपमा परिचित छ ।

About The Author

अन्य समाचारहरु: