काठमाण्डौ- भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि सुदूरपश्चिम क्षेत्रका सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा सङ्क्रमित भेटिन थालेपछि परीक्षणमा कडाइ गरिएको बताए। यो महिना लागेपछि अहिलेसम्म भारतबाट फर्किएका ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा परीक्षण भइरहेको जोशीले बताए । नाकामा हेल्थडेस्क स्थापना गरेर एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।
नयाँ वर्ष वैशाख १ गते नजिकिएसँगै कामका लागि भारत गएकाहरु फर्किन थालेका छन् । सङ्क्रमणको जोखिम रहेकाले उनीहरुको स्वास्थ परीक्षण हुन थालेको हो ।