Sat. Mar 15th, 2025

अब श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

अब वैदेशिक रोजगारीका लागि व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने भएको छ। 

आगामी वैशाख १ गतेदेखि ७५३ वटै पालिकाबाट आवेदन दिन सकिने  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ। 

श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको हो। 

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। त्यसका लागि बिहीबार श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गरेका हुन्।

अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने  र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयले जनाएको छ।  त्यसका लागि वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार्य सञ्चालन गरिने प्रवक्ता घिमिरेले बताए। 

About The Author

अन्य समाचारहरु: