Mon. Mar 10th, 2025

सिटी होटलले आइपिओ निष्कासन गर्दै

काठमाडौं – सिटी होटल लिमिटेडले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याएको छ।

यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएपछि बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत २१ गतेदेखि २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

About The Author

अन्य समाचारहरु: