Mon. Mar 10th, 2025

मिटरब्याज पीडितहरूको आन्दोलनमा रविको ऐक्यबद्धता

काठमाडौं । महाेत्तरीकाे बर्दिबास लगायतका ठाउँबाट न्याय माग्दै राजधानी पुगेका मिटरब्याज पीडितहरूलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यबद्धता जनाएका छन् ।

प्रधानमन्त्री निवास नजिक बालुवाटारमा धर्नामा रहेका पीडितहरूलाई भेटेर रविले आफू पीडितहरुको पक्षमा रहेको बताएका हुन् ।

उनले भने, ‘पीडितहरूको पक्षमा म छु । संसदमा, सडकमा तपाईँहरूलाई जहाँ जहाँ आवश्यकता पर्छ त्यहाँ म छु, पार्टी छ । तपाईँहरू वास्तविक पीडित हो, त्यो पीडा सम्बोधन गर्न हामी छौँ । हामी कुनै राजनीतिक लाभ लिन होइन तपाईँहरूका लागि आएका हौँ ।

आफू गृह मन्त्रालयमा हुँदा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न काम सुरु गरे पनि अहिले के प्रगति भइरहेको छ भन्नेबारे आफू अनविज्ञ रहेको उनले बताए ।

न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका हुन् । सोमबार काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चभित्र प्रवेश गरेर बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो । रातभर खुला सडकमा रात बिताएका उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न भन्दै अगाडि बढेका थिए । तर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न नपाइने भन्दै प्रहरीले टंगालमै उनीहरुलाई रोकेको छ ।

About The Author

अन्य समाचारहरु: