हेटौंडा– बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका छन् ।
जम्कट्टेललाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकिकृत समाजवादी तथा हाम्रो नेपाली पार्टीको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले माघ ३ गते पहिलो पटक विश्वासको मत प्राप्त गरेका थिए ।
माओवादी नेतृत्वको सरकारमा सहभागि भएको राप्रपाले केन्द्रीय समिकरणमा फेरबदल भएको भन्दै गत गत फागुन १३ गते बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएर सरकार छाडेको थियो ।
राप्रपाले सरकार छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने भएपछि मुख्यमन्त्री जम्कट्टेलले आज विशवासको मतको लागि प्रदेशसभामा प्रस्ताव गरेका थिए ।
कुल ११० प्रदेशसभा ९१ मध्ये बैठकमा उपस्थित ६७ जनाले विश्वासको मत दिएका छन् भने विपक्षमा १७ मत आएको छ । मत दिन्न भन्नेमा ७ मत आएको छ । एमालेले आजै सरकारबाट राजिनामा दिएर विपक्षमा मतदान गरेको हो ।