काठमाण्डौँ – प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्रीमा कायम रहन प्रचण्डलाई १ सय ३८ सांसदको विश्वास पुर्याउनुपर्छ । प्रधानमन्त्रीको पक्षमा कांग्रेसका ८७, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, जसपाका १०, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका ४, लोसपाका ४, जनमोर्चा र आम जनता पार्टीका एकरएक तथा स्वतन्त्र २ गरी १ सय ७६ सांसदले विश्वासको मत दिने सम्भावना छ ।
यसअघि प्रधानमन्त्रीलाई संसदमा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए ।