काठमाडौं । पछिल्लो १० दिनमा सुनको मूल्य प्रतितोला ९ हजार ३३ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार प्रतितोला २ हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेसँगै मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
महासंघकाअनुसार २६ फागुन यताको १० दिनमा सुनको मूल्य एक लाख एक हजार रुपैयाँबाट बढेर एक लाख १० हजार ३३ रुपैयाँ पुगेको हो ।
महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यकाअनुसार सुनको मूल्य अझै बढ्न सक्ने देखिन्छ ।