Wed. Nov 27th, 2024

आज स्ववियु निर्वाचन: चर्चित क्याम्पसहरुमा यसपटक पनि बहानाबाजी !

धादिङ– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज देशभर त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त अधिकांश क्याम्पसहरूमा भइरहेको छ ।

२०३६ सालदेखि प्रत्येक २ वर्षमा हुने गरेको निर्वाचन
२०६५ सालपछि बल्ल आज भएको हो । यसपटक पनि विद्यार्थी संगठनहरुको अनेकन बहानामा केही चर्चित क्याम्पसहरुको निर्वाचन रोकेका छन् । यस्तै बहानाबाजीमा धादिङ जिल्लाकै चर्चित नीलकण्ठ बहुमुखी क्याम्पसको निर्वाचन पनि परेको छ । नीलकण्ठमा चैत ८ गतेलाई सारिएको छ ।

धादिङको धुनीबेसीस्थित मच्छिन्द्र बहुमुखी क्याम्पस, गल्छीको नमुना बागेश्वरी क्याम्पस, गजुरीको आदर्श बहुमुखी क्याम्पस, बेनीघाट रोराङको जय बागेश्वरी क्याम्पस र चन्द्रोदय बहुमुखी क्याम्पसमा आजै निर्वाचन प्रक्रिया जारी छ । नेत्रावती क्याम्पसमा भने उम्मेदवारी दर्ताकै दिन सर्वसम्मत भएको थियो ।

धुनिवेसी क्याम्पसको भने अहिलेसम्म निर्वाचन मिति नै तोक्न सकेको छैन । सल्यानटारको रानीपौवा क्याम्पसले निर्वाचन प्रक्रियामै भाग लिएको छैन ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई विगतमा राजनीतिक दलहरूको शक्ति मापन गर्ने मिनी आम निर्वाचनका रूपमा लिइन्थ्यो । तर पछिल्लो समय भने विद्यार्थीको अनिच्छा, प्रमाणपत्र तह फेजआउट र निर्वाचन नै नहुने गरेका कारण स्ववियुको आकर्षण कम हुँदै गएको छ ।

स्ववियु निर्वाचन विगतमा प्रत्यक्ष हुने गरेकोमा पछिल्लो समय भने समानुपातिक निर्वाचनबाट भइरहेको छ । स्ववियु अध्यक्ष,सचिव र कोषाध्यक्षसहित आधा सदस्य प्रत्यक्ष निर्वाचित र उपाध्यक्ष, सहसचिवसहित आधा सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।

२८ वर्ष उमेरभित्रका विद्यार्थीमात्र उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ ।

About The Author

अन्य समाचारहरु: