धादिङ– नेपाल शिक्षक संघ धादिङको अध्यक्षमा देवीप्रसाद छत्कुली विजयी भएका छन् । शनिबार सदरमुकाम धादिङबेसीमा सप्पन्न नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा छत्कुली विजयी भएका हुन् ।
संघको केही पदमा सर्वसम्मत भएपनि अध्यक्ष, सचिव, सहसचिवलगायत केही पदमा शनिबार मतदान भएको थियो । मतदानमा प्रतिस्पर्धी शिवहरी अधिकारीलाई पराजित गर्दै छत्कुली अध्यक्षमा विजयी भएका हुन् ।
त्यस्तै सचिवमा रोहिणी कोइराला, सचिव (अर्थ)मा चिरन्जिवी अधिकारी, सहसचिवमा नवराज सापकोटा विजयी भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिमा डम्मर श्रेष्ठ, मान बहादुर श्रेष्ठ, रामकाजी अधिकारी, राम बहादुर कार्की र टिकाराम बस्ताकोटी विजयी भएका छन् । संघीय प्रतिनिधिमा दिपक सिम्खडा, विष्णु प्रसाद अधिकारी, तुलसी प्रसाद अधिकारी, शेरमान श्रेष्ठ र राजेन्द्र प्रसाद दाहाल विजयी भएका छन् ।