Fri. Nov 29th, 2024

एक हप्ते शिविरमा २९३ जनाको दाँत उपचार !

धादिङ- धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ मा जारी नि:शुल्क दन्त शिविरमा २ सय ९३ जनाले विशेषज्ञ सेवा लिएका छन् ।

शिविरमा १५ वर्ष मुनिका विद्यालय स्तरका ५० जना बालबालिकाहरुले सेवा लिएका छन् । सानै उमेरदेखि बालबालिकाहरुमा दाँतको समस्या देखिन थालेको हुनाले ज्वालामुखी गाउँपालिकाले विद्यालय क्षेत्रमा पत्रुखाना तीन ‘च’ अन्तरगत चाउचाउ, चकलेट र चुईगमबन्द कार्यक्रम संचालन गरिएको छ ।

फागुन २९ गतेदेखि संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा सुरु भएको शिविरकै अवसरमा पालिकाका ८ जना स्वास्थ्यकर्मीहरुलाई दाँतको उपचार सम्वन्धि आधारभूत तालिम समेत दिइएको छ ।

गाउँपालिका भित्र नसर्ने रोगको समस्या भएका व्यक्तिहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । त्यसलाई ध्यानमा राखि विद्यालयमा भएको खिवा खाजालाई पोषणमैत्री बनाउने र समुदायस्तरमा प्रयोग बढ्दै गईरहेको अस्वास्थकर खानालाई घटाउने उद्धेश्यले पनि यस्ता अभियान संचालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: