Wed. Nov 27th, 2024

बैंकको व्याजदर एक अंकमा आउछ: मुख्यमन्त्री जम्कट्टेल

धादिङ- राजनीतिक अस्थिरताका कारण नेपालको उद्योग व्यवसाय फस्टाउन नसकेको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । व्यवसाय संचालनका लागि सबैभन्दा पहिला राजनीतिक स्थिरता चाहिने उनले बताए ।

समृद्द नेपाल बनाउनको लागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने भन्दै उनले व्यवसायीहरुको भुमिका बलियो बनाउनको लागि राज्यले नीति निर्माण गर्न आवश्यक रहेको जिकिर गरे । शनिबार धादिङबेसीमा आयोजित धादिङ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कटटेलले भने–‘नेपालको विद्यामान अर्थतन्त्र केही खस्कदो अवस्थामा छ । यसलाई सुधार गर्नका लागि व्याजदर एकल विन्दुमा कायम गर्न सक्नुपर्छ । त्यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागिरहेको छ ।’
व्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिक रुपमा सुधार हुदै जाने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गरे ।

‘बैंकको व्याज एक अंक भन्दा माथी जादैन । व्यवसाय चलेन भने सरकार चल्दैन । मुख्यमन्त्री जम्कट्टेलले भने–‘सरकारले व्यवसायीको समस्या छिट्टै समाधान गर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले बागमती प्रदेश सरकारले उत्पादनको तथ्यांक निकालेर राज्यको आयश्रोत बढाउन नयाँ खाका बनाएर बागमती प्रदेश सरकार अघि बढ्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य महासंघ र बागमती सरकार मिलेर उत्पादन तथ्यांक आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए ।

About The Author

अन्य समाचारहरु: