Wed. Nov 27th, 2024

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा जाने

काठमाडौं – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले चैत ७ गते भित्र विश्वासको मत लिने तयारी गरेका छन्।

‘विश्वासको मत लिइसकेपछि सरकारमा जानेबारे छलफल अघि बढ्छ। चैत ६ र ७ गतेतिर विश्वासको मत लिने कुरा छ। त्यस विषयमा प्रधानमन्त्रीज्यूले नै निर्णय गर्नुहोला,’ डा। महतले भने।

उनले कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेबारे कुनै छलफल नभएको बताए। उनले भने, ‘सरकारमा जाने विषयमा हामीले प्रवेश गरेका छैनौँ। त्योभन्दा अगाडि नेतृत्वकोबीचमा आवश्यक गृहकार्य गर्ने कुरा भइरहन्छ।’

About The Author

अन्य समाचारहरु: