Fri. Feb 28th, 2025

लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध नेपालको शानदार जित

काठमाडौं– लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जिवित राखेको छ ।

आज त्रिवि मैदानमा भएको खेलमा नेपाली बलरसामु यूएईका ब्याट्सम्यानहरु निरिह सावित भए ।

खेलमा नेपालले यूएईलाई १७७ रनले हाराएको हो । नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१  रन बनायो । 
यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ ।  नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

About The Author

अन्य समाचारहरु: