नेकपा एमालेले जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरूद्ध उजुरी दिएको छ।
यादवविरूद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा नेकपा एमाले सांसद महेश बर्तौलाले उजुरी दिएका हुन्।
संविधानको व्याख्या अनुसार महिला उम्मेदवार हुनुपर्ने भएकाले उनीविरूद्ध उजुरी दिएको बर्तौलाले बताए।
जसपाले यादवविरूद्ध विरोध आउन सक्ने आशंकामा प्रमिला यादवलाई पनि उम्मेदवार उठाएको छ।
यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।