Mon. Mar 10th, 2025

जमुनी अटोले ल्यायो नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर

जमुनी अटो सेन्टर प्रालिले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ‘स्लेन’ सार्वजनिक गरेको छ।

हालै स्थापना भएको जमुनी अटोले बुधबार काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रम आयोजना गर्दै नेपालकै पहिलो तथा मुख्य शोरुमको औपचारिक उद्घाटन गरेको छ।

३,५०० वाट क्षमता भएको र ७२भी५२ एच ब्याट्री पावर भएको स्लेन विद्युतीय स्क्टुर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा विभिन्न रंग विकल्पमा उपलब्ध छन्।

कम्पनीले स्लेनको सुरुआती बजार मूल्य तीन लाख ५० हजार रुपैयाँ तोकेको छ।

चीनमा निर्मित स्लेनका विद्युतीय स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौं स्थानमा पर्छन्। स्लेन विद्युतीय स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ।

About The Author

अन्य समाचारहरु: