Mon. Mar 10th, 2025

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर आज एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार तीन सय रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार दुई सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: