Fri. Feb 28th, 2025

शिविरमा बालबालिका बिरामी

???????????????????????????????
धादिङ – भूकम्पपछि गाउँमा बस्न नसकिने भएकाले घर छोडेर सदरमुकाम नजिकै बस्न आमाबाबुसँग आएका उत्तर धादिङका बालबालिका धमाधम बिरामी पर्न थालेका छन् । एउटा पालमुनि बसेकी कान्छी तामाङले आफ्नो बच्चा बिरामी परेको र उपचारसमेत नपाएको गुनासो गरिन् ।

खोकी लाग्ने, टाउको दुख्ने, नाकबाट सिङ्गान बग्ने, खानेकुरा नखाने, हिँडडुल गर्न नसक्ने र ज्वरो आउने जस्ता लक्षण देखिएर बालबालिका बिरामी भइरहेको रि गाविसकोबाट आएकी ज्ञानी तामाङले बताइन् । नीलकण्ठ नगरपालिकाको दामगाडेमा आएर बसेका रि गाविसका १८० घर छन् । यहाँ रहेका ३०० बालबालिकामध्ये करिब ३० प्रतिशतको हाराहारीमा बिरामी परेका छन् ।

अस्पतालमा पैसा तिर्नुपरेका कारण बिरामी लान नसकेको उनीहरुले बताएका छन् । टिकट काट्दादेखि औषधि किन्दा सबै ठाउँमा पैसा चाहिन्छ । तर आफूहरुसँग घर छाडेर आएकाले पैसा छैन । कसरी उपचार गराउनु रु पीडितहरुको प्रश्न थियो । रासस

About The Author

अन्य समाचारहरु: