Wed. Mar 26th, 2025

राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशमा आठ दलको अभिमुखीकरण

काठमाडौँ – राष्ट्रपतिको निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनले शुक्रबार सातवटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण गर्दैछ ।

नेपाली कांग्रेसले आयोजना गर्ने अभिमुखीकरणमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेश सांसदहरू सहभागी हुँदै छन् ।

अभिमुखीकरण कार्यक्रममा कांग्रेसका पदाधिकारीहरूसहित आठवटै पार्टीका नेताहरूले सम्बोधन गर्दैछन् । वाग्मती प्रदेशका सांसदहरूका लागि काठमाडौंको बानेश्वरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: