Fri. Feb 28th, 2025

नेपाल र पपुवा न्युगिनीसँगको खेल अहिले पौने १२ बजे सुरु हुँदै

काठमाडौं- युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ ।

नेपाली दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।

बिहीबार युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा छ ।

नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भएको थियो । पपुवा न्युगिनीले भने नेपालसँग हारेपछि युएईलाई पराजित गरेको थियो ।

लिग टुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित छ । यसअघिको लिग टुको तीनवटै खेल नेपालले जितेको थियो । समग्रमा नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ । जसमा नेपालले ५ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ ।

About The Author

अन्य समाचारहरु: