Wed. Mar 26th, 2025

प्रधानमन्त्री प्रचण्डलाई थप तीन वटा मन्त्रालयकाे जिम्मेवारी

काठमाण्डाै– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन वटा मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हालेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले हिजाे शनिवार प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरूमा उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान छन् ।

About The Author

अन्य समाचारहरु: