Wed. Mar 26th, 2025

ओलीले प्रधानमन्त्रीलाई बुझाए माधव नेपालको नाम

फाइल तस्वीर ।

काठमाडौ । एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई औपचारिक रूपमै राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बालुवाटारमा भेटेर ओलीले पार्टीका तर्फबाट नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरेका हुन् ।

ओलीले नेपालको नाममा कांग्रेससहित अन्य दलको पनि सहमति जुटाएर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन अग्रसरता लिनसमेत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

About The Author

अन्य समाचारहरु: