
काठमाडौँ — सन् १९९५ मा आजकै दिन ९फेब्रुअरी २१० मा स्टिभ फोसेट बेलुनमा उडेर एक्लै प्रशान्त महासागर पार गरेका थिए । दक्षिण कोरियाबाट बेलुनमा चढेका उनी क्यानडाको लिडरमा उत्रेका हुन् ।
त्यस्तै, सन् २००२ मा उनले तातो हावा भरिएको बेलुनमा एक्लै उडेर विश्वको परिक्रमा गरी विश्व रेडर्क समेत कायम गरेका थिए । त्यसका साथै उनले विभिन्न साहसिक गतिविधिसम्बन्धी अन्य रेकर्डहरू समेत कायम गरेका छन् ।
उड्डयनसम्बन्धी उनले राखेका ९१ वटा रेकर्डमध्ये ३६ वटा हालसम्म पनि कायम छन् । त्यस्तै उनले नौकाबिहारसम्बन्धी २३ वर्टा विश्व रेकर्ड राखेका छन् ।
अमेरिकाको टेनसीमा सन् १९४४ को अप्रिल २२ मा जन्मिएका फोसेटको ६३ वर्षको उमेरमा २००७ को सेप्टेम्बर ३ मा दुर्घटनामा मृत्यु भएको थियो । उनी चढेको हलुका एयरक्राफ्ट अमेरिकी राज्यहरू नेभदा र क्यालिफोर्नियाबीचको ग्रेट बेसिन डेजर्टमा वेपत्ता भएको थियो । दुर्घटनामा परेको उक्त एयरक्राफ्ट २००८ मा पत्ता लागेको थियो ।