Fri. Nov 29th, 2024

देउराली माविले मनायो ४०औं वार्षिकोत्सव

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को देउराली माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)ले आइतबार ४०औं वार्षिक उत्सव मनाएको छ ।

विविध सास्कृतिक कार्यक्रमसहित विद्यालयले वार्षिकोत्सव मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले विद्यालयको शैक्षिक गुणस्तरमा आफुले सक्दो सहयोग गर्ने बताएका छन् । त्यस्तै उपमेयर दिपक विश्वकर्माले विद्यालय संचालनको क्रममा आइपरेका समस्या समाधानको लागि आफू सधै सकारात्मक रहेको र नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

वार्षिकोत्सवकै अवसरमा सेवा निवृत्त भएका शिक्षक कृष्ण प्रसाद सिलवाललाई विद्यालयले सम्मान गरेको छ । देउराली माविमा २०६१ सालदेखि २०७८ सम्म निरन्तर प्राथमिक द्वितीय पदमा रहि अध्यापन गराएका र विद्यालयकाे व्यवस्थापकिय जिम्मेवारी सम्हालेका थिए ।

विद्यालयमा कम्प्युटर शिक्षककाे रुपमा २०७८ भदाै १५ देखि २०७९ माघ मसान्तसम्म कार्यरत संजिव महतलाई पनि सम्मान गरिएको छ । कार्यक्रमकै अवसरमा ५ जना विद्यार्थीहरुलाई ४ हजारका दरले छात्रवुति समेत प्रदान गरिएको छ ।

४०औं वर्ष प्रवेशसंगै वर्षभरीनै विभिन्न कार्यक्रमहरु गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कोइरालाले बताए ।

वार्षिकोत्सबकै अवसरमा देउराली माविले २०३९ सालदेखि २०७८ सालसम्म अध्ययन गरेका पुर्व विद्यार्थीहरुबीच पुनर्मिलन कार्यक्रम गरिएको छ । पुनर्मिलनमा सहभागी पुर्व विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको छ । पुर्व विद्यार्थीहरुको तथा भेलाले रमेश कोइरालाको संयोजकत्वमा २९ सदस्यीय देउराली मावी पुर्व विद्यार्थी समाज गठन गरेको छ । संयोजक चयन भएका कोइरालाले हाल पर्यटन व्यवसायमा आवद्ध छन् । उनले २०४६ सालमा कक्षा ५ सम्म अध्ययन गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिलबहादुर धमलाले आफ्नो स्वर्गीय आमाबुवाको सम्झनामा बिजि नामक अक्षयकोषको घोषणा गरेका छन् । आमा बिष्णुमाया धमला र बुवा जितबहादुर धमलाको सम्झनामा एक लाख राशीको अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक धमलाले बताए ।

About The Author

अन्य समाचारहरु: