Wed. Mar 26th, 2025

भारतीय विदेश सचिव र माधव कुमार नेपालबीच भेटवार्ता

काठमाडौं- भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाललाई भेट्न विदेश सचिव क्वात्रा निजी निवास कोटेश्वर पुगेका सिथए।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

सोमबार बिहान काठमाडौं आइपुगेका क्वात्राले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

About The Author

अन्य समाचारहरु: