Mon. Mar 10th, 2025

पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

काठमाडौ – हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकाअनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। राती प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

About The Author

अन्य समाचारहरु: