
धादिङ– नेपाल पत्रकार महासंघ धादिङ र गोल्डेन आई एजुकेशनल इन्स्टिच्युट प्रालिबीच भएको मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघको समूह विजयी भएका छन् ।
इन्स्टिच्युटको १३ औँ वार्षिक अवसरमा आयोजित फुटसलमा ९-३ गोल अन्तरले पत्रकारको समूह विजयी भएका हुन् ।
धादिङ फुटसलमा भएको प्रतियोगिताका विजयी समुहलाई ट्रफी र मायाको चिनो प्रदान गरिएको गोल्डेन आई एजुकेशनल इन्स्टिच्युट प्रा लि. का अध्यक्ष केशव सापकोटाले बताए । त्यस्तै, गोल्डेन आई एजुकेशनल इन्स्टिच्युट प्रा.लि. र नीलकण्ठ मा.वि.का विद्यार्थी बिच भएको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा गोल्डेन आईको समुह विजयी भएका छन् ।
निलकण्ठ मा. वि. लाई ९-५ को अन्तरले गोल्डेन आईको समुह विजयी भएका हुन् । विजयी समुहलाई ट्रफी प्रदान गरिएको छ । राष्ट्रका लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद भन्ने मुल मर्मका साथ देश अघि बढीरहेको छ ।
इन्स्टिच्युटले लामो समयदेखि कम्प्युटर, जापनिज, कोरियन लगायतका भाषा कक्षा, विभिन्न तहका ट्युशन कक्षाहरु संचालन गर्दै आएको छ ।
विद्यार्थीको सहजका लागि पुछार बजार, बिच बजार र सिरानबजार गरि तिन शाखाबाट सेवा दिंदै आएको सापकोटाले जानकारी दिए ।