Sat. Mar 1st, 2025

जिल्ला खेलकुद विकास समिति धादिङको भवन शिलान्यास

जिल्ला खेलकुद विकास समिति धादिङको भवन शिलान्यास गर्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।

धादिङ– जिल्ला खेलकुद विकास समिति धादिङले धादिङबेसीमा आफ्नै भवन बनाउने भएको छ । बागमती प्रदेश सरकारको एक करोड सहयोगमा भवन निर्माण थालिएको हो ।

बुधबार विहान बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवनको शिलान्यास गरेका छन् । भवन निर्माणको लागि प्रदेश सरकारले आवश्यकता अनुसार बजेट थप गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

शिलान्यास कार्यक्रम हुनुअघि धादिङबेसीस्थित क्याम्पस चोकबाट कभर्डहलसम्म लाईनमा बसेर खेलाडीहरुले मुख्यमन्त्रीलाई भव्य स्वागत गरेका थिए ।

About The Author

अन्य समाचारहरु: