Sat. Mar 15th, 2025

टर्कीको भूकम्पमा अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं– टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

समाचार एजेन्सी एएफपीका अनुसार अहिलेसम्म १५ जनाको शव निकालिएकी टर्कीस अधिकारीहरुले जानकारी दिएका छन्। 

अमेरिकी भूगर्भिक सर्भेका अनुसार ७.८ रेक्टरस्केलको भूकम्पको केन्द्रबिन्दु कहरामनमारस प्रान्तको गाजियानटेप सहरभन्दा ३० किलोमिटर टाढा रहेको छ। भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा करिब २४ किलोमिटर मुनि रहेको बताइएको छ। 

सरकारले आधिकारिक रुपमा मानविय क्षतिबारे कुनै जानकारी दिएको छैन। कैयौं भवनहरु भत्किएका छन्।

भत्किएका भवनमुनि कैयौं मानिसहरु च्यापिएको आशंका गरिएको छ। टर्की सरकारले भूकम्पपछि देशमा आपतकाल घोषणा गरेको छ।    

About The Author

अन्य समाचारहरु: