Wed. Nov 27th, 2024

किसानको माग सम्बोधनको आवश्यक पहल गर्न प्रधानमन्त्री दाहालको निर्देशन

चितवन– उचित मूल्य नपाएर चितवनका किसानहरूले सडकमा तरकारी फालेर सुरु गरेको आन्दोलनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन् ।

किसानको माग सम्बोधनको आवश्यक पहल लिन पनि निर्देशन दिएका छन् । चितवनमै रहेका मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन्।

About The Author

अन्य समाचारहरु: