Sat. Mar 1st, 2025

क्यानको साधारणसभा फागुन १४ र १५ गते सुर्खेतमा

काठमाडौं – नेपाल क्रिकेट संघ ९क्यान०को साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको छ ।

पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारणसभा गर्ने निर्णय गरेको कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए ।

नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले नै निर्णय गर्नेछ ।

‘अघिल्लो वर्ष फागुनमै भएको साधारणसभाले पारित गरेपछि सेभेन थ्रीसँग सम्झौता भएको हो । अब उसँगको सम्झौता कायम राख्ने नराख्नेबारे निर्णयको अधिकार पुनः साधारणसभालाई नै दिने बोर्डले निर्णय गरेको छ,’ कोषाध्यक्ष सिंहले अनलाइनखबरसँग भने ।

नेपाल क्रिकेट संघ ९क्यान० आफैंले आयोजना गरेको प्रतिष्ठित भनिएको नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङमा साझेदार संस्था सेभेन थ्रीकै प्रत्यक्ष संग्लग्नता भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले सार्वजनिक गरिसकेको छ ।

About The Author

अन्य समाचारहरु: