
काठमाडौं – राष्ट्रिय किताबखाना शिक्षक को अनुसार विगतको वर्षहरुको तुलनामा राजीनामा दिने शिक्षकको दर बढेको छ । अघिल्लो वर्षको तुलना भन्दा कम देखिए पनि त्यो भन्दा अघिल्लो वर्षहरुको तुलनामा भने बढी देखिएको किताबखानाका कामु उपनिर्देशक रामराज खकुरेलले जानकारी दिए ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८२६ जना शिक्षकले पेन्सन पट्टा लिएका छन् । त्यसमध्ये करिब दुई सय बढी शिक्षकले राजीनामा दिएका छन् । किताबखाना ९शिक्षक० का अनुसार यो वर्ष २ हजार ६ सयले अनिवार्य अवकाश लिनेछन् ।