Sat. Mar 1st, 2025

भारतले जित्यो पहिलो संस्करणको यू – १९ महिला टी –२० विश्वकपको उपाधि

काठमाडौं – भारतले पहिलो पटक आयोजना भएको आईसीसी यू – १९ महिला टी –२० विश्वकपको उपाधि जितेको छ ।

आइतबार साउथ अफ्रिकाको पोचेस्ट्रोमस्थित सेनवेस पार्कमा भएको फाइनलमा इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।
इंग्ल्याण्डले दिएको ६९ रनको सामान्य लक्ष्य भारतले १४ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि गोन्गाडी त्रिसाले २४ रन बनाइन् । यस्तै सौम्य तिवारीले अविजित २४ रन योगदान गरिन् । कप्तान सफाली बर्माले १५ रन बनाइन् ।

About The Author

अन्य समाचारहरु: