Tue. Nov 26th, 2024

दश वर्षपछि सम्पन्न भयो डल्टार भल्टार सिंचाई योजना

sinchai aayojana
१२ साउन, धादिङ – चार बर्ष सम्म अलपत्र वन्न पुगेको धादिङको वैरेनी स्थित डल्टार भल्टार सिंचाई योजना निर्माण सुरु गरेको दश वर्ष पछि सम्पन्न भएको छ ।

एशियाली विकास बैकले निर्माण सुरु गरेको सिंचाई योजनाका लागि बिचैमा सहयोग रोकेपछि अलपत्र बनेको थियो । करिव १० किलो मिटर लामो कुलोको निर्माण बिचैमै रोकेर एडिवि वाहिरिएपछि चार बर्ष सम्म सिंचाई कुलो अधुरो बन्न पुगेको थियो ।

बैकले समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना कार्यक्रम मार्फत बैरेनी गाँउ विकास समितिको वडा नम्बर ८ डल्टार भल्टार फोस्टार लगायतका क्षेत्रको १ सय ८७ हेक्टर जमिन सिंचाईका लागि २०६३ सालमा डल्टार भल्टार कुलो निर्माण सुरु गरेको थियो । कुलो नेपाल सरकारको मझौला सिंचाई कार्यक्रम मार्फत हालै मात्र सम्पन्न भएको हो ।

sinchai aayojana 2

एडिवि, नेपाल सरकार, समुदाय र जनश्रमदान समेत गरी २०७२ असार मसान्त सम्ममा कुल २ करोड ७१ लाख ५० हजार खर्च भएपछि कुलोको निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न भएपछि त्यहाँका १ सय ८० घरधुरी लाभान्वित भएका छन् । अहिले वस्तिसम्म पानी आईपुगे पछि किसानहरु खेत रोपाईमा व्यस्त हुन थालेको उपभोक्ता समितिका सचिव साम्मराज खतिवडाले जानकारी दिए ।

योजनाको कार्यान्वयनमा सहयोग गर्दै आईरहेको डिभिजन सिंचाई कार्यालय तथा मध्यमाञ्चल क्षेत्रीय सिंचाई निर्देशनालयको टोलीले सोमबार गाउंमै पुगेर कुलोको अनुगमन गरेको थियो । अनुगमन टोलीमा क्षेत्रीय निर्देशक राजेन्द्रप्रसाद अधिकारी, डिभिजन प्रमुख राजेन्द्र महतोका साथै इन्जिनियरहरु इजि जिसि र रामपुकार साह रहेका थिए । फोटो सौजन्य : केशव अधिकारी

About The Author

अन्य समाचारहरु: