Fri. Mar 14th, 2025

६० वर्षयता पहिलो पटक घट्यो चीनको जनसंख्या

एजेन्सी – ६० वर्षयता पहिलो पटक चीनको जनसंख्या घटेको छ ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक विकास विभागले निकालेका विश्वको जनसंख्या सम्बन्धी प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ को जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२१ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड १८ लाख भन्दा बढी थियो ।

चीनमा गतवर्ष अर्थात सन् २०२२ मा जन्मने व्यक्तिको संख्या भन्दा मृत्यु हुने व्यक्तिको संख्या धेरै रह्यो । एक जना चिनियाँ अधिकारीले अब चीनको जनसंख्या घट्ने क्रम सुरु भएको बताएका छन् ।

सन् १९७९ मा एउटा बच्चा मात्र जन्माउन पाउने नीति ल्याएको चीनमा अहिले जन्मदर प्रति हजारमा ६।७७ छ । जुन जन्मदर अमेरिकामा ११.०६, वेलायतमा १०.०८ र भारतमा १६.४२ छ ।

About The Author

अन्य समाचारहरु: