Tue. Nov 26th, 2024

सरकारले मनपरी बाड्यो दुई करोड ३७ लाख

१२ श्रावण, काठमाडौँ  – सरकारले ‘राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याउने र अति विपन्न व्यक्तिको औषधि–उपचार तथा आर्थिक सहायता’ शीर्षकमा दुई करोड ३७ लाख ५० हजार रुपैयाँ बाँडेको छ । तीन सय ८१ जनालाई ५० हजारदेखि पाँच लाखसम्म वितरण गरिएको छ । सत्तारुढ दलहरु, प्रधानमन्त्रीको सचिवाल, मन्त्री, सभासद्लगायतको सिफारिसमा आर्थिक वर्षको अन्त्यतिर सरकारले रकम वितरण गरेको हो ।

स्वास्थ्य मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्को १४ असारको बैठकले पारित गरेको हो । स्वास्थ्य मन्त्रालयमार्फत रकम वितरण भइरहेको छ । आर्थिक सहायता पाउनेमा केही गम्भीर प्रकृतिका बिरामी भए पनि केही सामान्य रोगी छन् । आँखा, रक्तचाप, बाथरोग, आगोले जलेकाहरुलाई पनि पहुँचका आधारमा रकम दिइएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयको सिफारिसमा एक लाखका दरले आर्थिक सहायता दिइएका १० जनालाई के रोग लोको हो भन्ने नै खुलाइएको छैन। नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: